न्यायालयमै अड्कियो ‘पतञ्जलि काण्ड’ : पूर्वप्रधानमन्त्री नेपालमाथिको भ्रष्टाचार मुद्दा फेरि रोकियो

न्यायालयमै अड्कियो ‘पतञ्जलि काण्ड’ : पूर्वप्रधानमन्त्री नेपालमाथिको भ्रष्टाचार मुद्दा फेरि रोकियो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। बहुचर्चित पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः स्थगन भएको छ । विशेष अदालतमा बिहीबारका लागि तोकिएको पेसी प्रतिवादी पक्षकै निवेदनपछि अगाडि बढ्न सकेन ।

इजलासमा पेशी तय भए पनि प्रतिवादीका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न माग गरेपछि अदालतले अर्को मितिमा सार्ने निर्णय गरेको हो । यसअघि पनि न्यायाधीशको सम्बन्धका कारण मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो, जसले प्रक्रियामा लगातार ढिलाइ गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि पदको दुरुपयोग गर्दै सरकारी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री गर्न अनुमति दिएको आरोप लगाउँदै करिब १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरेको छ । तर, मुद्दा पटक–पटक स्थगन हुँदै जाँदा न्यायिक प्रक्रियामै प्रश्न उठ्न थालेको छ ।

विवादास्पद मन्त्रिपरिषद् निर्णयदेखि हदबन्दीभन्दा बढी जग्गा कारोबारसम्म जोडिएको यो प्रकरणले उच्च राजनीतिक तहदेखि कानुनी प्रणालीसम्मको संवेदनशीलता उजागर गरिरहेको छ । तर, सुनुवाइ बारम्बार रोकिँदा यो मुद्दा टुंगोमा पुग्ने मिति अझै अनिश्चित बनेको छ ।

Logo