असारसम्म महाधिवेशन गर्ने नेकपाको तयारी

असारसम्म महाधिवेशन गर्ने नेकपाको तयारी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि नेपाली कम्युनिस्ट पार्टीले संगठनात्मक पुनर्संरचना र समीक्षा गर्न सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।

निर्वाचनमा १७ सिटमा सीमित भएपछि पार्टीभित्र आत्मसमीक्षाको आवाज बढेको छ । माओवादी केन्द्रसहितका वाम घटकहरू एकीकृत भएर चुनावमा होमिए पनि परिणाम कमजोर आएपछि नेतृत्वमाथि प्रश्न उठ्न थालेको हो ।

नेकपाको अब बस्ने सचिवालय बैठकमा चुनावी नतिजा, संगठनको कमजोरी, जनमत किन जोगाउन नसकिएको भन्ने विषयमा गहिरो समीक्षा हुने बताइएको छ । साथै पार्टी पुनर्गठन, विचार संश्लेषण र नेतृत्वको कार्यशैलीबारे पनि छलफल हुने तयारी छ ।

पार्टीले आगामी असारसम्म महाधिवेशन गर्ने प्रारम्भिक तयारी गरेको छ,जसलाई संगठन सुदृढीकरण र नयाँ दिशा तय गर्ने अवसरका रूपमा लिइने एक नेताले बताए।

Skip This
Skip This
Logo