काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था छ। शपथ लिनु तीन दिन अघि संसद् सचिवालयलाई भाषा जानकारी दिनुपर्नेछ।
शपथ सम्बन्धी ऐन २०७९ अनुसार शपथ नेपाली भाषामा लिनुपर्ने भए पनि मातृभाषामा लिन सकिने प्रावधान छ, जसका लागि शपथको प्रमाणित अनुवाद पेश गर्नुपर्नेछ। सदस्यहरूले शपथ लिँदा पहिचान झल्किने औपचारिक पोशाक लगाउन पाउने व्यवस्था पनि छ।
जेष्ठ सदस्यले चैत ११ गते राष्ट्रपतिसँग शपथ लिने र बाँकी सदस्यहरूलाई त्यसपछि शपथ खुवाउनेछन्।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा हुँदैछ ।





























प्रतिक्रिया