प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन, यस्तो बन्यो सचिवालय

प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन, यस्तो बन्यो सचिवालय

केन्द्रबिन्दु
333
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालय टिम खडा गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीको पदबहाली गरेका शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका हुन्। काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेलादेखि साथ दिएका बेन निरन्तर सल्लाहकार बनेर सघाउँदै आएका छन्।

यस्तै, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। यता मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन्। सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।

सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्।

यसैगरी, प्रधानमन्त्री शाहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले गर्ने भएका छन्। परियार केहीदिनदेखि शाहको लागि प्रधानमन्त्री कार्यालय, अतिथि कक्ष, मन्त्रिपरिषद् हलको वास्तु मिलाउन सक्रिय थिए। शाह काठमाडौं महानगरको मेयर हुँदा केही समय प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए।

Logo