पूर्वगृहमन्त्री लेखकलाई पक्राउपछि काठमाडौं प्रहरी परिसर भद्रकाली पु-र्याईयो

पूर्वगृहमन्त्री लेखकलाई पक्राउपछि काठमाडौं प्रहरी परिसर भद्रकाली पु-र्याईयो

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउपछि काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको छ। उनलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो।

नयाँ सरकार गठन भएसँगै बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि उक्त कदम चालिएको हो। सोही आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखक दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिबारे आयोगले अध्ययन गरेर प्रतिवेदन पेश गरेको थियो। अहिले सोही घटनालाई केन्द्रमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Logo