ओली र लेखकविरुद्ध ‘हेलचक्र्याईं गरी ज्यान मार्ने’ मुद्दा,कानुनी कारबाही सुरु

ओली र लेखकविरुद्ध ‘हेलचक्र्याईं गरी ज्यान मार्ने’ मुद्दा,कानुनी कारबाही सुरु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लापरवाहीका कारण ज्यान गएको आरोपमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा घटनाका क्रममा गम्भीर लापरवाही भएको उल्लेख गरेपछि सोही आधारमा अनुसन्धान सुरु गरिएको हो। प्रतिवेदनले उच्च तहका निर्णय र व्यवस्थापनमा कमजोरी देखाएको निष्कर्ष निकालेको छ।

प्रहरीले मुलुकी अपराध संहिताअन्तर्गत ‘हेलचक्र्याईं गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। यस कसुरमा दोषी ठहर भए कैद र जरिवानाको व्यवस्था रहेको छ।

नयाँ सरकारले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै उक्त मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको हो। अहिले सम्बन्धित निकायले घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताइएको छ।

Logo