काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन्।
उनी एक्कासि परिसर पुगेको भए पनि त्यहाँ जानुको कारणबारे अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। सुरक्षा स्रोतका अनुसार उनी हाल परिसरमै रहेका छन्।
यसैबीच, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि राजनीतिक वातावरण तातेको छ।
गृहमन्त्रीको अचानक प्रहरी परिसर आगमनलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्, तर सरकारी पक्षले यसबारे केही पनि स्पष्ट गरेको छैन।































प्रतिक्रिया