ओली–लेखक पक्राउ ‘प्रतिशोधपूर्ण’ भन्दै योगेशले जनाए आपत्ति

ओली–लेखक पक्राउ ‘प्रतिशोधपूर्ण’ भन्दै योगेशले जनाए आपत्ति

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस घटनालाई “विधिको शासनमाथिको प्रश्न” भन्दै आलोचना गरेका छन्। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा राज्य संयमित हुनुपर्नेमा सरकार आक्रामक बनेको देखिएको छ।

भट्टराईले कुनै पनि घटनाको निष्पक्ष, न्यायिक र पारदर्शी छानबिन आवश्यक रहेको भन्दै राजनीतिक पूर्वाग्रहका आधारमा गरिने कारबाही स्वीकार्य नहुने बताएका छन्।

उनले सरकारलाई संवाद र सहकार्यको बाटो रोज्न आग्रह गर्दै प्रतिशोधको राजनीतिले देशलाई सही दिशामा नलैजाने टिप्पणी गरेका छन्।

साथै, एमालेले यो घटनालाई राजनीतिक रूपमा सामना गर्ने र पार्टी एकताबद्ध भएर अघि बढ्ने पनि उनले उल्लेख गरेका छन्।

Logo