काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै काठमाडौंको बबरमहलमा भइरहेको प्रदर्शनमा चर्चित अभिनेता एवं निर्देशक सन्तोष सेनले तिखो व्यङ्ग्य गरेका छन्।
अध्यक्ष ओली पक्राउ परेपछि एमालेका नेता तथा कार्यकर्ताहरूले आइतबार दोस्रो दिन पनि बबरमहलमा प्रदर्शन जारी राखेका छन्। तर, प्रदर्शन स्थलमा कार्यकर्ताको न्यून उपस्थिति र सुरक्षाकर्मीको बाक्लो परिचालनलाई लिएर सेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्।
उनले लेखेका छन्, ‘प्रदर्शनकारी भन्दा पत्रकार र पत्रकार भन्दा प्रहरी नै बढी देखिने यो अवस्थामा अनुसन्धान शान्तिपूर्वक गर्न दिऔँ, किनकि देशका लागि उठ्ने जनता अब देश चुस्नेहरूको बचाउमा उभिँदैनन्..।’
उनले भीड जम्मा गरेर अनुसन्धानमा बाधा पुर्याउनु भन्दा कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।





























प्रतिक्रिया