ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
711
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।

भदौ २३ गते भएका घटनामा अनुसन्धान गर्न शनिबार पक्राउ गरिएका ओली र लेखकलाई न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । सरकारी वकिलको कार्यालयले १० दिन हिरासतमा राख्न माग गर्दै निवेदन दिएको थियो ।

स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्ज भर्ना भएका ओलीलाई भर्चुअल रूपमा अदालतमा पेस गरिएको थियो भने लेखकलाई भौतिक रूपमै अदालतमा लगिएको थियो।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठिन आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो बिहान ओली–लेखकलाई पक्राउ गरिएको हाे ।

कार्की आयोगले ओली र लेखकमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र दफा १८२ अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन सिफारिस गरेको छ ।

Skip This
Skip This
Logo