सर्वोच्चमा नेतृत्व परिवर्तन, बिदा हुँदै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,जिम्मेवारी सपना प्रधान मल्ललाई

सर्वोच्चमा नेतृत्व परिवर्तन, बिदा हुँदै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,जिम्मेवारी सपना प्रधान मल्ललाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सर्वोच्च अदालतको नेतृत्व आजबाट परिवर्तन हुँदैछ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनिवार्य अवकाशमा जाँदै गर्दा अदालतको जिम्मेवारी अब सपना प्रधान मल्लले सम्हाल्ने भएकी छन्।

राउतको कार्यकाल छोटो भए पनि उनले न्यायालयको नेतृत्व सम्हालेको अनुभवसहित बिदा लिँदैछन्। लामो समय कानुन व्यवसाय र त्यसपछि सर्वोच्च न्यायाधीशका रूपमा काम गरेका उनी २०८१ असोजमा प्रधानन्यायाधीश बनेका थिए।

अब वरिष्ठताका आधारमा सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा आउनेछिन्। कानुन व्यवसायबाटै करियर सुरु गरेकी मल्लका लागि यो न्यायालयको नेतृत्व सम्हाल्ने नयाँ चरण हुनेछ।

सर्वोच्चको नेतृत्व फेरबदलसँगै अब न्यायालयको दिशा र प्राथमिकतामा कस्तो परिवर्तन आउँछ भन्ने चासो बढेको छ।

Skip This
Skip This
Logo