काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरु हुँदैछ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि समूहले तीन प्रमुख एजेन्डा तय गरेको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे सुरु हुने दुई दिने बैठकमा पार्टीको हालको राजनीतिक अवस्था, महाधिवेशनको तयारी र आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ ।
निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार बैठकमा २१ फागुनको निर्वाचन परिणामको समीक्षा, १५ औं महाधिवेशनको कार्यतालिका र तयारी तथा सम्भावनाबारे मुख्य छलफल हुनेछ।यसअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा २८–३१ वैशाखमा १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित भएको थियो। त्यसैगरी, बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी पनि भइरहेको छ।





























प्रतिक्रिया