कोइराला दाजुभाइलाई राखेर खड्काले सुरु गरे कांग्रेस संस्थापनइतर समूहको भेला

कोइराला दाजुभाइलाई राखेर खड्काले सुरु गरे कांग्रेस संस्थापनइतर समूहको भेला

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा संस्थापनइतर समूहको भेला सुरु भएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर खड्काले भेला सुरु गरेका हुन् । यसमा पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू पनि सहभागी रहेका छन् । भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ ।

Logo