काठमाडौं । ललितपुरमा एक वृद्धमाथि भएको दुर्व्यवहारको घटनाले राजनीतिक तथा सुरक्षा संयन्त्रलाई एकैचोटि सक्रिय बनाएको छ । घटनामा संलग्न आरोपित रामशरण शर्मा बजगाईँ पक्राउ परेसँगै गृहमन्त्री सुधन गुरुङ स्वयं पीडित वृद्धको घरमै पुगेका छन् ।
घटनापछि गृहमन्त्रीको यस्तो प्रत्यक्ष उपस्थितिलाई धेरैले सरकारको ‘द्रुत प्रतिक्रिया’को रूपमा हेरेका छन् । पीडित पक्षले पनि कठिन अवस्थामा राज्यबाट तुरुन्तै साथ पाएको भन्दै प्रतिक्रिया दिएको छ ।
गृहमन्त्री गुरुङले उक्त घटनाले आफूलाई समेत मानसिक रूपमा असर पारेको बताएका छन् । त्यसपछि उनले तुरुन्तै सम्बन्धित निकायलाई कारबाही अघि बढाउन निर्देशन दिएका थिए । सोही निर्देशनपछि ललितपुर प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
यो घटनाले नागरिक सुरक्षाप्रति राज्यको जिम्मेवारी, उच्च पदस्थ नेतृत्वको प्रत्यक्ष संलग्नता र कानुनी प्रक्रियाको गति-यी सबै पक्षलाई एकसाथ बहसको केन्द्रमा ल्याएको छ ।





























प्रतिक्रिया