कांग्रेसको अनुशासन समितिको बैठक सुरु

कांग्रेसको अनुशासन समितिको बैठक सुरु

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बढ्दै गएपछि केन्द्रीय अनुशासन समितिको बैठक सानेपामा सुरु भएको छ।

पार्टीभित्र विभिन्न समूहबीच समानान्तर गतिविधि बढेपछि नेतृत्वले यसलाई गम्भीर रूपमा लिँदै अनुशासन समितिमार्फत छलफल अघि बढाएको हो।

विशेषगरी पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रूपमा गतिविधि बढाएको विषयले विवाद चर्किएको छ। सभापति चयन भइसकेको अवस्थामा पनि समानान्तर निर्णय र कार्यक्रम सार्वजनिक भएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।

अनुशासन समितिमा खड्काको भूमिका, समूहगत गतिविधि र पछिल्ला राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको जनाइएको छ।

Logo