काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई व्यंग्यात्मक शैलीमा बधाई दिएको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले संसद्मा दलीय सम्बोधन गर्दै सरकार गठन प्रक्रिया र पछिल्ला राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै तीव्र टिप्पणीसहित बधाई दिएका हुन्।
थापाले जेनजी आन्दोलनदेखि हालसम्मका राजनीतिक घटनालाई संकेत गर्दै “रंग क्रान्ति” र “निलो क्रान्ति” जस्ता शब्द प्रयोग गरेका थिए। उनले व्यंग्यात्मक रूपमा प्रधानमन्त्री नियुक्ति प्रक्रियालाई समेत उल्लेख गर्दै एमालेको तर्फबाट “अभूतपूर्व विजयी बधाई” दिएको बताए।
उनको अभिव्यक्तिलाई संसद्भित्र राजनीतिक टिप्पणी र प्रतिपक्षको आक्रोशपूर्ण प्रतिक्रिया रूपमा लिइएको छ। यस घटनाले प्रतिनिधिसभामा दलहरूबीचको तनावपूर्ण राजनीतिक संवादलाई झल्काएको छ।































प्रतिक्रिया