संसदमै विभेद भो : हर्क साम्पाङ

संसदमै विभेद भो : हर्क साम्पाङ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रतिनिधिसभामा समय विभाजनमा विभेद भएको भन्दै आपत्ति जनाएका छन्।

संसद्मा बोल्दै उनले सत्ता पक्षलाई बढी समय र प्रतिपक्षलाई कम समय दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले जनप्रतिनिधिले आफ्ना क्षेत्रका जनताको आवाज उठाउन समान अवसर पाउनुपर्नेमा जोड दिए।

साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार र संसद भवनमा भएको आगजनी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न उच्चस्तरीय समिति गठन गर्न पनि माग गरे।

यसैबीच उनले एमसीसी सम्झौता राष्ट्रिय हितविपरीत भएको दाबी गर्दै त्यसलाई खारेज गर्नुपर्ने धारणा राखे। उनले देशको सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिलाई जोगाउनुपर्नेमा जोड दिए।

Skip This
Skip This
Logo