लोकतन्त्र र समावेशितामा सम्झौता हुँदैन, सरकारलाई रचनात्मक सहयोग गर्छौं : वर्षमान पुन

लोकतन्त्र र समावेशितामा सम्झौता हुँदैन, सरकारलाई रचनात्मक सहयोग गर्छौं : वर्षमान पुन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले लोकतन्त्र, गणतन्त्र र समावेशिताको मूल्यमान्यतामा कुनै सम्झौता नगर्ने स्पष्ट गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई राष्ट्र निर्माण र सामाजिक रूपान्तरणका विषयमा आवश्यक सहयोग गर्न तयार रहेको बताए। तर लोकतान्त्रिक व्यवस्था र समावेशिताको सवालमा पार्टी अडिग रहने उनको भनाइ थियो।

पुनले निर्वाचनबाट प्राप्त जनमतलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा रहँदै सरकारलाई सघाउने बताएका छन्। उनले विगतका राजनीतिक अनुभव स्मरण गर्दै प्राप्त अवसरहरूको सही सदुपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन्।

उनको भनाइलाई संसद्भित्रको राजनीतिक सहकार्य र आलोचनात्मक समर्थनको संकेतका रूपमा हेरिएको छ।

Logo