काठमाडौं। राप्रपाका प्रमुख ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले प्रदेश संरचना अनावश्यक भएको र यसमा वार्षिक करिब १ खर्ब रुपैयाँ खर्च भइरहेको दाबी गरे।
उनका अनुसार संसदबाट प्रदेश संरचना खारेज गर्न आवश्यक दुई तिहाइ बहुमत १८४ सांसद हो भने राप्रपाले १८७ सांसद पुर्याउन सहयोग गर्न सक्ने बताएका छन्। शाहीले प्रदेश संरचना राजनीतिक कार्यकर्ता व्यवस्थापनका लागि ल्याइएको भन्दै यसको खारेजी आवश्यक रहेको पनि बताएका छन्।































प्रतिक्रिया