अघि बढ्यो सभामुख चयन प्रक्रिया,निर्वाचन चैत २२ मा हुने

अघि बढ्यो सभामुख चयन प्रक्रिया,निर्वाचन चैत २२ मा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई सभामुख निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न निर्देशन दिएका छन्।

यसअघि बसेको दलहरूको बैठकले सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको थियो। सोही सहमतिअनुसार शुक्रबार मनोनयन दर्ता गर्ने तयारी गरिएको छ। दलहरूबीचको सहमति अनुसार आगामी प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

Logo