सभामुखमा डिपी अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

सभामुखमा डिपी अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। बैठकले उनलाई सर्वसम्मत रूपमा पारित गरेको हो । यसअघि गृहमन्त्री ताकेका अर्याल रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेन साहको सहमतिमा सभामुख बन्न लागेका हुन् । अर्याल गृहमन्त्रीका दाबेदार थिए । तर, गृहमा सुदन गुरुङले अडान छोडेनन् । अन्ततः डीपी सभामुख बन्न राजी भएका हुन् ।

सभामुख पदमा यही चैत २२ गते निर्वाचन हुँदैछ ।

Skip This
Skip This
Logo