यसकारण हुन सकेन मधेसीदल र वाम गठबन्धनको तालमेल

यसकारण हुन सकेन मधेसीदल र वाम गठबन्धनको तालमेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अन्ततः वाम गठबन्धन र मधेसी गठबन्धनबीच भइरहेको राष्ट्रियसभा निर्वाचनमा तालमेलमा गर्ने प्रयास असफल भएको छ ।

आज एकै दिन दुई पटक छलफल भएपनि सहमति हुन सकेन् । मधेसी गठबन्धनले राज्य पुनर्संरचनाको मुद्दा उठाएपछि सहमति हुन नसकेको एक नेताले बताए ।

प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थियो भने वाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि वाम गठबन्धनले तालेमल चाहेन ।

उनका अनुसार भोलि बन्ने प्रदेश र केन्द्र सरकारमा पनि सहकार्य हुने सम्भावना रहँदा वाम गठबन्धन संविधान संशोधन गर्ने बचन दिन सकारात्मक थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचना आयोग गठन गरेर सीमांकन हेरफेर गर्नुपर्ने बताएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बधुबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धन दुवैसँग सहमतिको प्रयास गरेको थियो ।

तर, दुवैतिर सहमति हुन सकेको छैन । यदि नयाँ सहमति नहुने हो भने प्रदेश २ का ८ मध्ये ४ सिट मधेसी गठबन्धन, २/२ सिट कांग्रेस र वाम गठबन्धनले जित्नेछन् ।

यदि मधेसी र वाम गठबन्धन मिल्ने हो भने ८ सिट मा कांग्रेस शून्य हुन्छ तर, कांग्रेस र मधेसी मिल्दा पनि वामले भने ३ सिट सुरक्षित गर्नसक्छ ।

Logo