मन्त्रिपरिषद् बैठकः हप्तामा दुई दिन बिदादेखि के-के भए निर्णय ?

मन्त्रिपरिषद् बैठकः हप्तामा दुई दिन बिदादेखि के-के भए निर्णय ?

केन्द्रबिन्दु
1.91k
Shares

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएकाे छ ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार मुलुकको अर्थतन्त्र, प्रशासनिक व्यवस्था र इन्धन खपत न्यूनीकरणका लागि दूरगामी महत्त्वका निर्णयहरू भएका छन् ।

बैठकका प्रमुख निर्णयहरू यस प्रकार छन्-

डिजिटल नेपालका लागि वैदेशिक सहायता स्वीकार: ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंक र विश्व बैंकले प्रदान गर्ने कूल ९५ मिलियन अमेरिकी डलर (करिब साढे १२ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ।

हप्तामा दुई दिन सार्वजनिक बिदा: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले इन्धन खपत घटाउन नयाँ व्यवस्था लागू गरेको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ।

कार्यालय समयमा फेरबदल: बिदा बाहेकका दिनमा सरकारी कार्यालयहरूको समय बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म कायम गरिएको छ। यो नियम शैक्षिक संस्थाहरूको हकमा पनि लागू हुनेछ।

विद्युतीय सवारीमा जोड: वातावरण संरक्षण र इन्धन आयात घटाउनका लागि हाल सञ्चालनमा रहेका डिजेल र पेट्रोल गाडीहरूलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक पर्ने कानुनी व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ।

नयाँ शैक्षिक सत्रको तालिका: शिक्षा क्षेत्रको अन्योल अन्त्य गर्दै आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गते देखि सुरु गर्ने निर्णय भएको छ ।

Skip This
Skip This
Logo