एमाले-माओवादी एकता संयोजन समिति बैठक बस्दै

एमाले-माओवादी एकता संयोजन समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईतबार नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । ओली निवास बालकोटमा दिउँसो ३ बजेबस्ने बैठकले पार्टी एकता टुंग्याउन कार्यदल गठन गरिने बताइएको छ ।

यसअघि आइतबारको बैठकको पूर्वतयारी अनुसार शनिबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि प्रचण्डले आइतबारको बैठकबाट महत्वपूर्ण निर्णय हुने बताएका थिए ।

राष्ट्रियसभा चुनावको तयारीका लागि कार्यदल गठन गरेका दुई दलले अब बैचारिक र सांगठनिक विषय टुंगो लगाउन अर्को पनि कार्यदल गठन गर्ने तयारी गरेका छन् ।

Skip This
Logo