काठमाडौँ। सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदल गठन गरेपछि सो कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” गठन गरिएको हो।
कार्यदलको पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि सदस्य रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, नेकपा (एमाले) बाट संविधानसभा सदस्य एवं डा. भीष्मनाथ अधिकारी, नेकपा (माओवादी केन्द्र) बाट संविधानसभा सदस्य एवं पूर्व कानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्य रहेका छन्।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने आफ्ना प्रतिनिधि पठाउनेबारे आन्तरिक छलफल जारी राखेका छन्। ती दलहरूले सदस्यको नाम सम्भवतः आजै टुंगो लगाउने जनाइएको छ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्य रहेका छन्।
सदस्य सचिवका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख लिलाधर सुवेदी तोकिएका छन्।































प्रतिक्रिया