उपसभामुख निर्वाचनमा दुई प्रतिस्पर्धी, रास्वपा निर्णायक भूमिकामा

उपसभामुख निर्वाचनमा दुई प्रतिस्पर्धी, रास्वपा निर्णायक भूमिकामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। दिउँसो ४ बजे बस्ने बैठकबाट नयाँ उपसभामुख चयन हुने कार्यसूची रहेको छ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।

ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आर्यन राई रहेका छन् भने रास्वपा र श्रम संस्कृति पार्टीका केही सांसदहरूले समर्थन गरेका छन्। लामा भने राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीको प्रस्तावकत्वमा उम्मेदवार बनेकी हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित निर्णायक अवस्थामा रहेको छ। रास्वपाको समर्थन जसलाई जान्छ, सोही उम्मेदवारको जित सुनिश्चित हुने राजनीतिक समीकरण देखिएको छ।

Skip This
Skip This
Logo