घोराही। लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।
त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक प्रस्तुत गर्दै छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा लैजाने भएका छन्।





























प्रतिक्रिया