ओली- प्रचण्डको ३ घण्टा लामो बैठक

ओली- प्रचण्डको ३ घण्टा लामो बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज शुक्रबार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दिउसो १ बजेदेखि सुरु भएको भेटघाट अपरान्ह ४ बजेसम्म चलेको थियो ।

प्रेस संयोजक चेतन अधिकारीद्धारा जारी विज्ञप्तीका अनुसार ‘भेटमा कार्यदलले राष्ट्रियसभा गठनका बिषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको छ’ । दोस्रो, प्रदेश सरकार गठनका बिषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ । तेस्रो, पार्टी एकताका बिषयमा छलफल भएको छ । यसलाई अन्तिम रुप दिनका लागि भोलि शनिबार पुन दुई अध्यक्षले भेटघाट गर्ने समेत प्रेस संयोजकले पठाएको विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी माघ ७ गते आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ ।

Logo