मधेशसँगै सिंगो देश बनाउने जिम्मेवारी छः नवनियुक्त मन्त्री रामजी यादव

मधेशसँगै सिंगो देश बनाउने जिम्मेवारी छः नवनियुक्त मन्त्री रामजी यादव

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामजी यादवले मधेश मात्र होइन, सिंगो देश बनाउने बेला आएको बताएका छन् ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रीमा नियुक्त गरेसंगै सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नीति निर्माणदेखि कार्यान्वयनसम्म शसक्त रुपमा प्रभावकारी भूमिका खेल्ने बताए ।

उनका अनुसार अहिले देशले चुनौती र अवसर दुवै सामना गरिरहेको छ र त्यसलाई अवसरमा बदल्न सबै पक्षको सहकार्य आवश्यक छ ।

“हामीले देश बनाउने जिम्मेवारी पाएका छौँ, त्यसलाई राम्रोसँग पूरा गछाँै” यादवले भने, “जहाँ चुनौती हुन्छ, त्यही अवसर पनि हुन्छ ।” उनले प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहने र मधेशसहित समग्र राष्ट्र विकासमा आफूहरू केन्द्रित रहने पनि स्पष्ट पारे ।

Skip This
Skip This
Logo