काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् द्वारा आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन’को उद्घाटन कार्यक्रममा उनले प्रमाणमा आधारित नीति निर्माणका लागि अनुसन्धान र सरकारबीच सहकार्य आवश्यक रहेको बताए । उनका अनुसार स्वास्थ्य अनुसन्धानले रोग, उपचार, जनसङ्ख्या–स्वास्थ्य अवस्था र सामाजिक प्रभावबारे तथ्यगत जानकारी दिन सहयोग गर्छ ।
यादवले नसर्ने रोग, जलवायु परिवर्तन र स्वास्थ्य असमानता जस्ता समस्या समाधान गर्न अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले अनुसन्धानका नतिजा केवल लेख वा प्रकाशनमा सीमित नराखी नीति र व्यवहारमा प्रयोग गर्नुपर्ने उल्लेख गरे ।
परम्परागत उपचार र आधुनिक विज्ञानबीच सहकार्य आवश्यक रहेको पनि उनले बताए ।































प्रतिक्रिया