सल्यान, ४ माघ

कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले) सल्यानमा विलय भएको छ । "/>

कमल थापा नेतृत्वको राप्रपा एमालेमा विलय

कमल थापा नेतृत्वको राप्रपा एमालेमा विलय

केन्द्रबिन्दु
0
Shares

सल्यान, ४ माघ

कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले) सल्यानमा विलय भएको छ । 

सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेशकुमार गौतमले जानकारी दिनुभयो । 

आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा सल्यानका अध्यक्ष सिंहले बताउनुभयो । “राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन, त्यही भएर हामीले एमालेमा विलय हुने निर्णय गरेका हौँ”, सिंहले भन्नुभयो । 

एमालेमा प्रवेश गरेका सबैलाई स्वागत गर्दै एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले उहाँहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गरिने जानकारी दिनुभयो । रासस

Skip This
Logo