पूर्वमन्त्री खड्काको अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

पूर्वमन्त्री खड्काको अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
207
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल झिकाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत चैत १५ गते पक्राउ गरेको थियो। उनीमाथि पटक पटक म्याद थपेर अनुसन्धान भइरहेको छ ।

खड्काको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिएको हो।

२४ भदौमा खड्काको बूढानीलकण्ठस्थित घर जेन–जी आन्दोलनका क्रममा जलाइएको थियो । क्षतिग्रस्त घरमा जलेका नोट देखिएका भिडियो तथा तस्बिर पनि सार्वजनिक भएका थिए । क्षतिग्रस्त घरमै पुगेर असोज पहिलो साता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घटना मुचुल्का उठाएको थियो । साथै खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिमार्फत विभिन्न उद्योग/व्यवसायमा आबद्ध उनका आर्थिक कारोबार शंकास्पद भेटिएपछि अनुसन्धानमा तानिएका हुन् ।

Logo