एमाले स्थायी कमिटि बैठक, छलफल के विषयमा भयो ?

एमाले स्थायी कमिटि बैठक, छलफल के विषयमा भयो ?

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सकिएको छ ।

बैठकले देउवा नेतृत्वको सरकार काम चलाउ भइसकेकाले जथाभावि भइरहेका नियुक्तिहरु र राज्य कोषको रकम जथाभावी बाँड् काम रोक्न आग्रह गरेको छ । साथै कर्मचारी प्रशासनको सरुवा र बढुवा गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ ।

वैठकले राष्ट्रिय सभाको निर्वाचनका लागी मातहतका कमिटीहरुलाई प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका क्रममा विभिन्न क्षेत्रका समुदायहरु छुटेका कारण सबै कुरालाई ध्यान दिदै समुदाय, क्षेत्र, भुगोललाई ध्यानमा राखेर माथिलो कमिटीमा सिफारी गर्न निर्देशन समेत दिएको छ ।

आजको बैठकले निर्धारित समयमा राष्ट्रियभाकोको निर्वाचन गर्नका लागी सरकार र निर्वाचन आयोगको ध्यानकर्षण गराएको बैठक पछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागी थाईल्याण्ड रहेका बेला कार्यवहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा वैठक बसेको हो ।

Logo