काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक विवादको समाधान अदालतबाट सम्भव नहुने टिप्पणी गरेका छन्। उनले कांग्रेसको आन्तरिक विवादतर्फ संकेत गर्दै राजनीतिक झगडा अदालतको फैसलाले मात्र टुंगिन नसक्ने दाबी गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले न्यायिक निकायमा जानु अन्य किसिमका विवादका लागि स्वाभाविक भए पनि राजनीतिक विवादको स्थायी समाधान अदालतले दिन नसक्ने बताएका छन्। उनले विगतका उदाहरण उल्लेख गर्दै राजनीतिक दलहरू अदालतको निर्णयपछि पनि फेरि विभाजित हुने गरेको तर्क गरे।
बास्कोटाले राजनीतिक एकता कानुनी व्यवस्था भन्दा पनि दलभित्रको नियत र समझदारीमा निर्भर रहने टिप्पणी पनि गरेका छन्। साथै उनले कांग्रेसको अवस्थाबारे संकेत गर्दै दलको एकता कति मजबुत छ भन्ने प्रश्नसमेत उठाएका छन्। बास्कोटाको स्टाटसमा कता कता कम्युनिस्ट एक भएर अगाडि बढ्नुपर्ने संकेत देखिन्छ ।
































प्रतिक्रिया