काठमाडौँ महानगरको सहकारीमा कडा एक्सन-१८ बुँदे नियम उल्लंघन गरे तत्काल कारबाही!

काठमाडौँ महानगरको सहकारीमा कडा एक्सन-१८ बुँदे नियम उल्लंघन गरे तत्काल कारबाही!

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सहकारी क्षेत्रमा बढ्दो अनियमितता र बचतकर्ताको रकम असुरक्षित हुने गुनासोबीच काठमाडौँ महानगरपालिकाले कडा नियमन सुरु गरेको छ।

महानगरको सहकारी विभागले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सहकारी संस्थालाई सहकारी ऐन विपरीत कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिएको छ। नियम उल्लंघन गरे तत्काल कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

महानगरले सहकारी सञ्चालनसँग सम्बन्धित १८ बुँदे प्रावधान स्मरण गराउँदै तीमध्ये कुनै पनि कार्य कसुर हुने स्पष्ट पारेको छ। दर्ता बिना संस्था सञ्चालन, अनुमति बिना “सहकारी” शब्द प्रयोग, सदस्यको बचत निजी प्रयोजनमा प्रयोग, बिना धितो कर्जा प्रवाह तथा सीमाभन्दा बढी ऋण दिनेजस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

त्यस्तै, सहकारीका पदाधिकारी वा कर्मचारीले संस्थाको रकम, सम्पत्ति वा सेयर निजी हितमा प्रयोग गरेमा, नातेदारलाई असुल हुन नसक्ने ऋण दिएमा वा झूटा विवरणका आधारमा ऋण प्रवाह गरेमा पनि कडा कारबाही हुने महानगरले जनाएको छ।

महानगरको यो कदमलाई सहकारी क्षेत्र सुधार र बचतकर्ताको सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Logo