इन्धनमा भएको मूल्यवृद्धि तत्काल फिर्ता होस् : अध्यक्ष घिसिङ

इन्धनमा भएको मूल्यवृद्धि तत्काल फिर्ता होस् : अध्यक्ष घिसिङ

केन्द्रबिन्दु
15
Shares

कर्णाली । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको हालको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशमा आयोजित कार्यक्रमका क्रममा उनले विकट क्षेत्रका नागरिकमाथि थप आर्थिक भार थोपर्ने निर्णय अस्वीकार्य भएको बताएका हुन्।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले कर्णालीको भौगोलिक कठिनाइका कारण यहाँ इन्धन झन् महँगो पर्न जाने भएकाले विशेष सहुलियत आवश्यक रहेको उल्लेख गरे। “यातायात र पर्यटन दुवैका लागि इन्धन महत्त्वपूर्ण आधार हो, मूल्य बढाउँदा यहाँको जनजीवन झन् कठिन हुन्छ,” उनले भने।

भारतजस्तो छिमेकी मुलुकले मूल्य नबढाएको सन्दर्भ दिँदै उनले नेपाल सरकारले नागरिकलाई राहत दिनुपर्नेमा उल्टै बोझ बढाएको आरोप लगाए।

उनले दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टी सकारात्मक भए पनि जनतामाथि असर पर्ने निर्णयमा भने सशक्त रूपमा आवाज उठाउने स्पष्ट पारे। साथै कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारमा अर्बौं लगानी सुनिश्चित गरिएको दाबी पनि उनले गरे।

Logo