भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा

भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनको नाम प्रस्तावका रूपमा पेश हुने र सोही बैठकले निर्णय पारित गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

यसअघि भएको सहमतिअनुसार सुनिल लम्साल महामन्त्री र भूपदेव शाह सहमहामन्त्री थिए। तर लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि खाली भएको पदमा शाहलाई नै महामन्त्री बनाउने तयारी गरिएको हो। बालेन शाहका पूर्व प्रमुख स्वकीय सचिव रहेका भूपदेव पार्टीभित्र निकट र प्रभावशाली मानिन्छन्।

उनी रास्वपासँग एकीकरणको क्रममा केन्द्रीय सदस्य बनेका थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनले अछाम–२ बाट उम्मेदवारी दिएका थिए तर पराजित भएका थिए।

Logo