शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठन खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठन खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकका सबै विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार देशभरका विश्वविद्यालयका उपकुलपतिहरूसँग भएको साढे तीन घण्टा लामो छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा दलीय राजनीतिको अभ्यासले शिक्षाको गुणस्तर र प्राज्ञिक वातावरण ध्वस्त पारेको बताए। उनले विश्वविद्यालयहरूलाई राजनीतिक अखडा बनाउने कार्य अब स्वीकार्य नहुने भन्दै सरकारी निर्णयलाई कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई सचेत गराएका छन्।

सरकारले यसअघि नै आफ्नो १०० बुँदे सुशासन सुधार कार्ययोजना मार्फत ६० दिनभित्र शिक्षण संस्थाहरूबाट राजनीतिक दलमा आबद्ध संगठनका संरचनाहरू हटाउने निर्णय गरिसकेको छ।

Logo