रास्वपाले घटायो सांसदहरूको लेबी

रास्वपाले घटायो सांसदहरूको लेबी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूका लागि तोकेको लेबी घटाएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो । अब सांसदहरूको लेबी १५ हजार तोकिएको छ । यसअघि सांसदहरूका लागि साढे १६ हजार रुपैयाँ लेबी तोकिएको थियो ।

मन्त्रीहरूको भने लेबी यथावत् राख्दै १८ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, मन्त्रीका स्वकीय सचिवहरूको २ हजार लेबी यथावत छ ।

Logo