अमेरिकी सहायक विदेशमन्त्री र आईटी क्षेत्रका लगानीकर्ताबीच छलफल

अमेरिकी सहायक विदेशमन्त्री र आईटी क्षेत्रका लगानीकर्ताबीच छलफल

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले सोमबार सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लगानी र सहकार्य विस्तारबारे उद्योग क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।

कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, र साइबर सुरक्षा मजबुत बनाउने विषयमा कुरा भएको थियो। साथै अमेरिकी प्रविधि र अनुभव कसरी नेपालसँग साझेदारी गर्ने भन्नेबारे पनि चर्चा भयो।

कपुरले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट गरेका छन्। उनले सामाजिक सञ्जालमा भेटबाट नयाँ सरकारका प्राथमिकताबारे बुझ्ने अवसर पाएको उल्लेख गरेका छन्। साथै अमेरिका–नेपालबीच सहकार्य गर्न सकिने क्षेत्रबारे पनि कुराकानी भएको बताएका छन्।

अमेरिकी सहायक विदेशमन्त्री कपुर सोमबार काठमाडौं आएका हुन्।

Logo