विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति कांग्रेस नेता खड्काको आपत्ति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति कांग्रेस नेता खड्काको आपत्ति

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

विज्ञप्ति जारी गर्दै खड्काले उक्त निर्णयलाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी सोचको संकेत भन्दै आलोचना गरेका छन्। उनका अनुसार विद्यार्थी संगठनहरू नेपालको लोकतान्त्रिक आन्दोलनका आधारस्तम्भ हुन्, जसले विभिन्न ऐतिहासिक राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेलेका छन्।

खड्काले पञ्चायती व्यवस्था, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान लोकतान्त्रिक व्यवस्था निर्माणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्। उनले विद्यार्थी संगठनहरूलाई केवल राजनीतिक संरचना नभई शैक्षिक क्षेत्रमा देखिने विकृति र अन्यायविरुद्ध आवाज उठाउने वैधानिक माध्यमका रूपमा व्याख्या गरेका छन्।

सरकारको निर्णयले लोकतान्त्रिक अभ्यास कमजोर पार्ने भन्दै खड्काले तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन्। अन्यथा, विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने सम्भावना रहेको चेतावनीसमेत उनले दिएका छन्।

Logo