काठमाडौँ। महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामाथि प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
अधिवक्ताहरू माधव बस्नेत र दिपकराज जोशीलगायतले दायर गरेका तीनवटा रिटमा कँडेलको नियुक्ति कानुनी रूपमा योग्य छ कि छैन भन्ने विषय उठाइएको छ।
रिट निवेदनमा उनलाई महान्यायाधिवक्ताजस्तो संवैधानिक पदका लागि आवश्यक अनुभव र योग्यता नभएको दाबी गरिएको छ। संविधानअनुसार १५ वर्ष निरन्तर कानूनी अभ्यास गरेको व्यक्ति मात्र योग्य हुने प्रावधान रहेको भन्दै प्रश्न उठाइएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।
आजको सुनुवाइले उक्त नियुक्ति वैध छ वा छैन भन्ने विषयमा प्रारम्भिक कानुनी संकेत दिने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया