सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परिश्रमीले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई तत्कालका लागि ‘होल्ड’ गरिएको हो ।

प्रहरीका अनुसार करिब तीन वर्षअघि सुकुम्बासी बस्ती क्षेत्रमा भएको झडपका क्रममा पेट्रोल बम प्रहार तथा ढुंगामुडासम्बन्धी घटनाबारे अनुसन्धान भइरहेको छ । उक्त घटनामा महानगर प्रहरी घाइते भएका थिए ।

यसअघि बागमती किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्न प्रहरीले माइकिङसमेत गरेको थियो । हाल उक्त क्षेत्रमा सरकारको निर्णयविरुद्ध प्रदर्शन भइरहेको छ ।

Logo