काठमाडौं । सरकारले आज थापाथली र गैरीगाउँ क्षेत्रका सुकुम्वासी बस्ती हटाउने तयारी गरेको छ । मनोहरा, सिनामंगललगायत अन्य स्थानका बस्ती भोलि हटाइने योजना रहेको बताइएको छ । बिहान ७ बजेदेखि अभियान सुरु गर्ने तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा पाँच वटा डोजर तयारी अवस्थामा राखिएको जनाइएको छ । दुई दिनभित्र सबै संरचना हटाएर क्षेत्र खाली गर्ने लक्ष्य राखिएको छ ।
महानगरका अनुसार बस्तीका घरटहरामा डोजर चलाइ साइट क्लियर गरिनेछ भने सुरक्षाका लागि बिहानैदेखि कडा प्रहरी परिचालन गरिनेछ । अतिक्रमण हटाउने अभियानसँगै वास्तविक सुकुम्वासीको पहिचान र व्यवस्थापनको विषय पनि चासोको केन्द्रमा रहेको छ ।




















