सांसद विश्वराज पोखरेलले मागे माफी

सांसद विश्वराज पोखरेलले मागे माफी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको आफ्नाे एक विवादास्पद अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा विवाद सिर्जना भएको बताएका छन्।

पोखरेलले संघीय संसद् बैठक स्थगित भएका बेला जिल्लावासीसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया तथा स्थानीय तहका कार्यालय, संस्था र सार्वजनिक सेवाको अवस्थाबारे जानकारी लिन वैशाख ९ गते खिजीदेम्बा गाउँपालिका वडा नं. २ स्थित चण्डेश्वरी माध्यमिक विद्यालय पुगेको उल्लेख गरेका छन्।

घटनाको केही क्षणमात्र समेटिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक हुँदा वास्तविकता विकृत भएको दाबी गर्दै उनले अपूर्ण तथ्यका आधारमा गलत सन्देश प्रवाह भएको बताएका छन्। सार्वजनिक जीवनमा रहेको व्यक्तिका रूपमा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै उनले आफ्नो अभिव्यक्ति वा व्यवहारबाट कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए हृदयदेखि क्षमा चाहेको जनाएका छन्।

पोखरेलले आफू जनताको सेवाका लागि राजनीतिमा आएको उल्लेख गर्दै आगामी दिनमा अझ संयमित, जिम्मेवार, संवादमुखी र मर्यादित भएर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीयका रुपमा अथ्र्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’

Logo