काठमाडौं, २८ पुस ।
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिका अगाडी धर्ना दिएको छ ।

बनाऊ राजधानी धुलो रहित, बाँचौ सबै खुसी सहित भन्ने नारा सहित नेविसंघ काठमाडौं जिल्ला समितिले बिहान ११ बाजेबाट धर्ना सुरु गरेको हो ।

धर्ना कार्यक्रममा संगठन सदस्यहरुले विभिन्न नारासहितका प्लेकार्डहरु बोकेका छन् । विद्यार्थीहरुले सरकार छ आफ्नै मस्तिमा जनता छन् धुवा र धुलोको सास्तीमा, बनाऊ राजधानी धुलो रहित, बाँचौ सबै खुसी सहित लेखेका प्लेकार्ड बोकेका छन् ।

त्यस्तै अनावश्यक कर अशुली बन्द गर, सफा सुन्दर काठमाडौं शहर निरोग भइ बाँच्ने हामी सबैको रहर, धुलो धुँवा रहित वातावरण हाम्रो अधिकार व्यवस्थापकिय सम्बोधन महानगरको सरोकार लगायतका नारा प्ले कार्ड बोकेका छन् ।
































प्रतिक्रिया