नाम टिपाउने सुकुम्बासीको संख्या ५४७ पुग्यो, कहाँ कति छन् ?

नाम टिपाउने सुकुम्बासीको संख्या ५४७ पुग्यो, कहाँ कति छन् ?

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबलको उत्सवले होइन, विस्थापित सुकुम्बासी परिवारको भीडले भरिएको छ । आइतबार साँझ साढे ६ बजेसम्मको सरकारी तथ्याङ्क अनुसार ५४७ सुकुम्बासी परिवारले नाम टिपाइसकेका थिए । जहाँ उपत्यका विकास प्राधिकरणमा २१७ र समितिमा ३३० जना रहेका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार, जम्मा ८७१ अनधिकृत घरधुरी पहिचान गरिएको छ जसमा शान्तिनगरमा मात्र ४७६ छन् । बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाका अनुसार, विवरण संकलनपछि भूमिहीन तथा आवासविहीन परिवारलाई पाँचवटा होल्डिङ सेन्टरमा स्थानान्तरण गरिनेछ ।

सरकारको अस्थायी व्यवस्थापन योजनाअनुसार, विस्थापित परिवारलाई कीर्तिपुरको सत्संग भवन, भक्तपुरको कृषि विकास बैंक तालिम केन्द्र, खरिपाटी र चाँदबागको सरकारी भवन र नागार्जुनको इचंगुस्थित ४२ आवास युनिटमा राखेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार, पहिचानपछि नागार्जुनस्थित अपार्टमेन्टमा सारिनेछ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा १२ करोड रुपैयाँ लगानीमा बनेका ती अपार्टमेन्ट वर्षौंदेखि खाली छन् ।

प्रधानमन्त्री बालेनले सरकारको १००–बुँदे कार्यक्रममा भूमिहीन सुकुम्बासीको लगत लिने र चरणबद्ध पुनर्वास गर्ने उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo