रास्वपाले आफ्नो संसदलाई भन्यो : ११ बजे सिंहदरबारमा उपस्थित हुनू

रास्वपाले आफ्नो संसदलाई भन्यो : ११ बजे सिंहदरबारमा उपस्थित हुनू

केन्द्रबिन्दु
249
Shares

काठमाडौँ । विपक्षी दलहरुको बैठक बस्ने खबर फैलिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि संसदीय दलको अनौपचारिक बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफलमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने भएकोले काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध छ, सूचनामा भनिएको छ । बैठकमा छलफल हुने एजेण्डाको बिषयमा भने बताइएको छैन ।

Logo