काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले सुकुमबासी बस्ती हटाउने कार्यले स्तब्ध भएको बताएका छन् । बस्ती व्यवस्थापन गर्ने क्रममा बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनाव संवेदनशील रहेकाले यस्तो विषयमा सरकार अझ बढी संवेदनशील बन्नु पर्ने उनले बताए ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खनालले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हामी आज जुन जिम्मेवारीमा छौं, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैँ हृदयमा राख्नुपर्छ ।’
उनले भनेका छन्, ‘राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय हो । सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित आजको दुःखद घटनाले मलाई स्तब्ध बनाएको छ।’
उनले भनेका छन्, ‘हामी आज जुन जिम्मेवारीमा छौँ, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैँ हृदयमा राख्नुपर्छ ।’
उनले सरकारको प्रयासले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा सचेत रहेको बताएका छन् । ‘सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले यसको व्यावहारिक कार्यान्वयन गर्दा न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ,’ उनले भनेका छन्, ‘सरकारको दृष्टि सबैमा पुगोस् र यसमा सजगता अपनाउनेछ भन्ने विश्वास छ ।’





























प्रतिक्रिया