नेकपा विवाद झन उत्कर्षमादेखि ट्राफिक प्रहरीद्वारा ‘सांगीतिक डमी अभियान’ शुभारम्भसम्म (भिडियो)

नेकपा विवाद झन उत्कर्षमादेखि ट्राफिक प्रहरीद्वारा ‘सांगीतिक डमी अभियान’ शुभारम्भसम्म (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।

यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, अध्यक्ष ओलीले भने आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् ।

आम सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउन भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको छ । उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियम सम्बन्धि विभिन्न गीतहरु बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइने महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

लामो समयदेखि बन्द सवारी अनुमति पत्र आवेदन–लाइसेन्स परीक्षा तिहार लगत्तै खुलाउने तयारी यातायात व्यवस्था विभागले गरेको छ । कोरोना महामारीका कारण बन्द रहेका यातायातका सेवा गत असोज महिनादेखि सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सुरू भएपनि नयाँ लाइसेन्सका लागि आवेदन, लिखित परीक्षा र ट्रायल कहिले खुल्ने भन्ने बिषय अन्योलकै अवस्थामा रहेको थियो तर, अब भने छिट्टै यस सम्बन्धमा निर्णय गरि काम अघि बढ्ने भएको हो ।

देशको संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहोर्याउनका लागि संसदको आवश्यकता रहेको भन्दै संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका छन् । यस्तै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि संसद अधिवेशन बोलाएर गम्भिर विषयमा छलफल गरिनु पर्ने माग गरेका छन् ।

यतिबेला विश्व अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजाको प्रतिक्षामा छ । तथापि, मत गणनाको अन्तिम अन्तिम चरणमा आइपुग्दा पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको आँकलन सुरु भएको छ । यता, राष्ट्रपति ट्रम्पले भने निर्वाचन अझै नसकिएको भन्दै तत्काल आफू विजयी भएको घोषणा नगर्न बाइडेनलाई चेतावनी दिएका छन् ।

Logo